आगामी साउन २३ गते जनैपूर्णिमाको अवसर पारेर प्रदर्शनमा आउने फिल्म ‘सिटामोल’को ट्रेलर सार्वजनिक गरिएको छ । ३ मिनेट २० सेकेण्डको सार्वजनिक ट्रेलरमा हल्का शैलीको कमेडी, सटिक संवाद र सामाजिक व्यङ्ग्यले भरिएको छ ।
ट्रेलरमा नेपाली समाजमा देखिने पारिवारिक झमेला, गरिबी, बेरोजगारी र सरकारी लापरवाहीलाई पनि झल्काउन खोजिएको छ । ट्रेलरमा फिल्मका मुख्य कलाकार सौगात मल्ल र बेनिशा हमाललगायत देखिएका छन् ।
राजबहादुर साने निर्देशित फिल्ममा सौगात र बेनिशासहित श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बाल कलाकार करण नेपाली, आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ ।
श्री कृष्ण र जानुकाले यही सिनेमाबाट नेपाली रजतपटमा डेब्यु गरेका छन् । तुल्सी देवी फिल्म्स प्रालिले जुनतारा फिल्म्सको सहकार्यमा निर्माण गरेको फिल्मको कथा प्रदीप भारद्वाज र निर्देशक सानेले लेखेका हुन् ।
सिमोस सुनुवारको प्रस्तुति रहेको फिल्ममा भुगोल कुमार कार्की र विकाश राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सह–निर्मातामा रहेका छन् ।
बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, देव महर्जन र शंकर महर्जनको द्वन्द्व रहेको फिल्म दिव्य सुवेदीले खिचेका हुन् ।
सत्यपाटी