२०८२ माघ २८ , बुधबार 11, February 2026, Wednesday

भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता

सत्यपाटीसत्यपाटी । जाजरकोट । २०८२ साउन ७ गते बुधबार

गएराति भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता भएका छन् । भेरी करिडोरको काम गर्दै आएको यती विल्डर्सको रा १ क १५०१ नम्बरको टिपर भेरी नदीमा खस्दा तीन जना बेपत्ता भएका हुन् ।

जाजरकोटको नलगाड नगरपालिकाको दल्लीबाट जाजरकोटकै रिम्नातर्फ आउँदै गरेको टिपर रुकुम पश्चिमको आठबीसकोट–१४ पिपलचौरस्थित भेरी नदीमा खसेको इलाका प्रहरी कार्यालय रिम्नाका प्रहरी नायब निरीक्षक शिउकुमार चौधरीले जानकारी दिए । उनका अनुसार टिपरमा चालकसहित तीन जना सवार रहेका थिए ।

उनीहरुको अवस्था अज्ञात रहेको छ । बेपत्ताको खोजीमा रुकुमपश्चिम र जाजरकोटको प्रहरी टोली परिचालन गरिएको प्रहरी नायब निरीक्षक चौधरीले बताए । भेरी नदीमा पानीको मात्रा अत्यधिक भएकाले बेपत्ताको खोजी गर्न कठिनाइ भइरहेको उनले बताए । बेपत्ता भएकाहरुको नाम ठेगाना केही खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ साउन ७ गते बुधबार