२०८२ माघ २८ , बुधबार 11, February 2026, Wednesday

देशभर मनसुनी वायु, विभिन्न ठाउँमा भारी वर्षा

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ साउन ७ गते बुधबार

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । देशका एक–दुई स्थानमा आज वर्षाको सम्भावना छ । दिउँसो वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले बताएको छ । ‘काठमाडौंमा आज वर्षाको सम्भावना छ,’ मौसमनिवद् सरोज पुडासैनी भन्छन्, ‘दिउँसो १–२ बजेपछि हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।’ विभागले बताए अनुसार राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।

सबै प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । अबको तीन दिन देशका एकाध ठाउँबाहेक भारी वर्षाको सम्भावना नरहेको मौसमविद् पुडासैनी बताउँछन् । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति : २०८२ साउन ७ गते बुधबार