भारतका उपराष्ट्रपति जगदीप धनखडले पदबाट राजीनामा दिएका छन् । उनले सोमबार संविधानको धारा ६७ (क) को आधारमा राजीनामा दिएका हुन् ।
राष्ट्रपति द्रौपदी मुर्मुलाई लेखेको राजीनामापत्रमा उनले आफ्नो स्वास्थ्य अवस्था र चिकित्सकको सल्लाहलाई कारणका रूपमा उल्लेख गरेका छन् ।
उनले राजीनामा लेखेका छन्, ‘स्वास्थ्यलाई प्राथमिकता दिँदै र चिकित्सा सल्लाह पालना गर्दै म तत्काल लागु हुने गरी भारतको उपराष्ट्रपति पदबाट राजीनामा दिइरहेको छु ।’
यसका साथै उनले यतिन्जेल सहयोग र सद्भावका लागि राष्ट्रपति, प्रधानमन्त्री नरेन्द्र मोदी र मन्त्रिपरिषद्लाई धन्यवाद दिएका छन् । ‘संसद्का सबै माननीय सदस्यहरूबाट मैले पाएको स्नेह, विश्वास र सम्मान मेरो जीवनभर मेरो हृदयमा रहनेछ,’ उनले भनेका छन् ।
प्रकाशित मिति : २०८२ साउन ६ गते मंगलबार
सत्यपाटी