२०८२ फागुन ५ , मंगलबार 17, February 2026, Tuesday

बाँदर र बँदेल हेर्न २० जनालाई रोजगारी

सत्यपाटीसत्यपाटी । अर्घाखाँची । २०८२ साउन ५ गते सोमबार

अर्घाखाँचीमा बाँदर र बँदेल हेर्न २० जनाले रोजगारी पाएका छन् । डिभिजन वन कार्यालय अर्घाखाँचीले आइतबार बाँदर तथा बँदेल हेरालु छनोट गरी नाम सार्वजनिक गरेको हो । जसमा २० जनाको नाम निस्किएको छ ।

उनीहरूलाई सम्झौता तथा अभिमुखीकरणका लागि सोमबार बोलाइएको छ । वन्यजन्तुजन्य क्षति न्यूनीकरण, किसानको खेती सुरक्षित गर्ने तथा वन्यजन्तु सहअस्तित्व प्रवद्र्धन गर्ने उद्देश्यले यस्ता हेरालु छनोट गरिएको कार्यालयले जनाएको छ ।

डिभिजन वन कार्यालय र कार्यालय अन्तर्गतका वन व्यवस्थापन काममा सक्रिय समूह कोषमा मौज्दात आय राम्रो रहेका सामुदायिक वन समूहहरूको सहकार्यमा यी हेरालु राख्ने निर्णय गरिएको जनाइएको छ । तोकिएको समयमा अभिमुखीकरणमा नगए सम्झौता नहुने कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०८२ साउन ५ गते सोमबार