२०८२ माघ २८ , बुधबार 11, February 2026, Wednesday

१३ इन्स्पेक्टर, ११ डिएसपी र ११ एसपीको बढुवा सिफारिस

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ साउन ५ गते सोमबार

नेपाल प्रहरीका १३ इन्सपेक्टर, ११ डिएसपी र ११ जना एसपी बढुवाका लागि सिफारिस भएका छन् । सोमबार बसेको बढुवा समिति बैठकले इन्सपेक्टर, डिएसपी र एसपी गरेर ३५ जनालाई बढुवा सिफारिस गरेको हो ।

इन्सपेक्टरबाट डिएसपीमा बढुवा सिफारिस हुनेहरूमा बसन्त गौतम, पञ्चलाल गोले, होमप्रकाश चौधरी, अनिल पण्डित, प्रकाश थापा, दिलिप क्षेत्री, शेखरजंग मल्ल र पोषणराज थपलिया, राजु कार्की, निशेष चापागाई, चन्द्रबहादुर खड्का, होमप्रसाद अधिकारी र उपेन्द्र खरेल बढुवा सिफारिसमा परेका छन् ।

त्यस्तै डिएसपीबाट एसपीमा बढुवा सिफारिस हुनेहरुमा अनिलकुमार खड्का, महेश थापा, दिपेन्द्र पंजियार थारू, महेन्द्र नेपाल, रूपक खड्का, प्रेम सागर केसी, डिलबहादुर मल्ल, केशब भट्टराई, भुवनेश्वर प्रसाद साह, सुनिल मल्ल र दिपक खड्का छन् ।

त्यसैगरी, एसएसपीमा बढुवा सिफारिस हुने ११ जना एसपीमा तुलबहादुर कार्की, राकेश सिंह, कमल थापा, दयानिधी ज्ञवाली, दीपक पोखरेल, प्रविण धिताल, राजीब बस्नेत, दीपेन्द्र शाही, प्रकाश रानाभाट, केदार खनाल र ज्ञानेन्द्रप्रसाद फुयाल रहेका छन् ।

प्रकाशित मिति : २०८२ साउन ५ गते सोमबार