केही वर्षयता सुस्त देखिएको नेपाली घरजग्गा बजार फेरि सक्रिय देखिएको छ । विशेषगरी काठमाडौं उपत्यका, मुख्य सहरी क्षेत्र तथा पूर्वका सहरहरूमा निजी आवास निर्माण र कित्ताकाट बढेको छ । यसले समग्र घरजग्गा कारोबार सकारात्मक देखिएको छ ।
कर्जामा सहजता, घट्दो ब्याजदर र मालपोत कार्यालयको डिजिटल प्रणालीजस्ता सुधारहरूले पनि कारोबार बढाएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत आर्थिक वर्ष २०८१–०८२ मा देशभर ५ लाख ३८ हजार १२८ वटा घरजग्गाको लिखत पास भएको छ ।
अघिल्लो वर्षको तुलनामा यो वृद्धि ०.१५ प्रतिशतले बढी हो । मासिक रुपमा कारोबार क्रमिक रूपमा बढ्दै गएको देखिएको छ । गत वर्षको असार महिनामा मात्रै ५५ हजार ५ सय २४ वटा घरजग्गा खरिदबिक्री भएका थिए, जुन अघिल्लो असारको तुलनामा २०.२३ प्रतिशतले बढी हो ।
भदौ, असोज र कात्तिकमा केही कम देखिए पनि पुसदेखि भने बजार स्थिर रहेको थियो । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२–०८३ का लागि ल्याएको मौद्रिक नीतिले घरजग्गा बजारलाई अझ सहज बनाउने संकेत दिएको छ ।
पहिलोपटक घर खरिद गर्न चाहाने व्यक्तिका लागि आवास कर्जाको सीमा २ करोडबाट ३ करोड पुर्याएको छ । साथै घर मूल्यको आधारमा दिइने लोन टु भ्यालु अनुपात ७० बाट ८० प्रतिशत बनाइएको छ । यसले घर खरिदकर्ताले कम पुँजी राखेर बैंकमार्फत धेरै कर्जा लिन सक्ने अवस्था बनाएको छ ।
घरजग्गा मासिक कारोबार र संकलित राजस्व
|
महिना |
कारोबार संख्या |
संकलित राजस्व (रु) |
|
साउन |
४३,८३५ | ३ अर्ब ८३ करोड ५० लाख |
|
भदौ |
३२,७९८ |
३ अर्ब ९ करोड २ लाख |
|
असोज |
३०,५२७ | ३ अर्ब ८ करोड १२ लाख |
|
कात्तिक |
३३,५१४ | २ अर्ब ७० करोड ४० लाख |
| मंसिर | ४३,३७९ |
३ अर्ब ८७ करोड ४८ लाख |
| पुस | ४८,१५६ |
४ अर्ब २५ करोड २२ लाख |
|
माघ |
४६,०६९ |
३ अर्ब ८७ करोड २४ लाख |
|
फागुन |
४६,०६१ |
४ अर्ब १२ करोड ३ लाख |
|
चैत |
४९,८३२ |
४ अर्ब ३९ करोड ४६ लाख ८६ हजार |
|
बैशाख |
५२,४२३ |
४ अर्ब ५४ करोड २२ लाख |
| जेठ | ५६,०१० |
४ अर्ब ७२ करोड ७० लाख |
| असार | ५५,५२४ |
६ अर्ब ५५ करोड १७ लाख १२ हजार |
सत्यपाटी