२०८२ माघ २८ , बुधबार 11, February 2026, Wednesday

पत्रकार रविन्द्रले किन गरे आत्महत्या ?

सत्यपाटीसत्यपाटी । रौतहट । २०८२ साउन ४ गते आइतबार

रौतहटको पत्रकार रबिन्द्र प्रजापतिले आत्महत्या गरेका छन् । गरुडा म्यूजिकल एफएममा कार्यरत स्थानीय कटहरिया नगरपालिका ५ निवासी २८ वर्षीय प्रजापतिले शनिबार राति आफ्नै घरमा पासो लगाएर आत्महत्या गरेका हुन् ।

म्युजिकल एफएमका समाचार वाचक रहेका प्रजापति घरायसी विवादका कारण आफ्नै सुत्ने कोठाको झ्यालको रडमा पासो लगाएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । घरका सदस्यहरूले कोठाको ढोका फुटाएर पासोको डोरी काटेर उपचारका लागि गरुडास्थित ग्रान्डी अस्पतालमा पुर्याएका थिए ।

ग्रान्डी अस्पतालका चिकित्सकले मृत घोषणा गरेको कार्कीले बताए । मृतकको शव पोस्टमार्टमका लागि सदरमुकाम गौरस्थित सरकारी अस्पतालमा राखिएको इप्रका गरुडाका डिएसपी राजन कार्कीले कार्कीले बताए । उनका अनुसार मृतक प्रजापतिको शव पोस्टमार्टका लागि गौर अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २०८२ साउन ४ गते आइतबार