२०८२ फागुन ५ , मंगलबार 17, February 2026, Tuesday

आज यी जिल्लामा बाढीको जोखिम

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असार ३२ गते बुधबार

देशका अधिकांश सानाठूला नदीमा अबका तीन दिन पानीको बहाव उल्लेख्य बढ्ने अुनमान छ । नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

आज झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, इलाम, दोलखा, सिन्धुपाल्चोक, सोलुखुम्बु, संखुवासभा, सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर तनहुँ, कास्की, स्याङ्जा, बागलुङ, म्याग्दीमा आकस्मिक बाढीको ‘मध्यम’ जोखिमको सम्भावना रहनेछ ।

त्यसैगरी, पर्वत, अर्घाखाँची, पाल्पा, सल्यान, अछाम, कैलाली र कञ्चनपुरमा पनि आकस्मिक बाढीको ‘मध्यम’ जोखिमको सम्भावना रहने औँल्याइएको छ । यी जिल्ला भई बहने साना नदीमा बहाव उल्लेख्य बढ्ने बाढी पूर्वानुमान महाशाखाको पूर्वानुमान छ ।

प्रकाशित मिति : २०८२ असार ३२ गते बुधबार