यमनमा भारतीय नर्स निमिषा प्रियालाई आज (जुलाई १६) मृत्युदण्ड दिने भनिएकामा स्थगन गरिएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार भारत केरलाका प्रभावशाली सुन्नी मुस्लिम नेता कन्थापुरम ए पी अबुबकर मुसलियारसँगको वार्ता र भारत सरकारको हस्तक्षेपपछि यमनका अधिकारीले निमिषाको मृत्युदण्ड हाललाई स्थगन गरिएको हो ।
नत्र निमिषालाई यमनका व्यापारिक साझेदार तलाल अब्दो महदीको हत्यामा आज फाँसी दिने भनिएको थियो ।
प्रकाशित मिति : २०८२ असार ३२ गते बुधबार
सत्यपाटी