२०८२ माघ २८ , बुधबार 11, February 2026, Wednesday

दाउन्नेमा सडक भासियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

सत्यपाटीसत्यपाटी । नवलपरासी । २०८२ असार २५ गते बुधबार

दाउन्नेको खुर्सानी खोलामा सडक भासिएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ खुर्सानी खोलानजिक सडक भाँसिएसँगै एक ट्रक पनि फसेपछि बुधबार बिहान ५ बजेदेखि सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरदत्त पन्तका अनुसार सडक बन्द भएपछि पूर्वतर्फ जाने सवारीसाधन बर्दघाटको टीसीएन चोक र पश्चिम जाने आएका सवारीसाधन दुम्किबासतर्फ रोकिएका छन् ।

सडक खुलाउने प्रयास भए पनि वर्षाका कारण केही समय लाग्ने डीएसपी पन्तले बताए । ट्रक फसेको ठाउँमा वैकल्पिक बाटो बनाएर सवारी सञ्चालनको प्रयास भइरहेको छ । नारायणगढ–बुटवल सडकखण्ड अन्तर्गत पर्ने १४ किलोमिटर दाउन्ने खण्डमा सडक स्तरोन्नतिको काम भइरहेको छ । त्यसकारण ठाउँ ठाउँमा हिलो हुने, सडक भासिने समस्या देखिँदै आएको छ ।

प्रकाशित मिति : २०८२ असार २५ गते बुधबार