२०८२ माघ २६ , सोमबार 9, February 2026, Monday

आज शनिबार कस्तो छ तपाईको भाग्य ? हेर्नुस् राशिफल

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असार २१ गते शनिबार

२०८२ असार २१ गते शनिवार, ५ जुलाई २०२५ । आषाढ शुक्लपक्ष दशमी तिथि, १८ः४० बजेपछि एकादशी । स्वाती नक्षत्र, २०ः२४ बजेपछि विशाखा । चन्द्रराशि तुला ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । अतिथिका रूपमा सत्कार पाइनेछ । खर्च लागे पनि घुमफिर तथा मनोरञ्जनको समय छ । आम्दानी बढाउने काम सुरु हुनेछ । तर धेरै बोल्दा समस्या आउन सक्छ । हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ । आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ । व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय छ । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ । पुरुषार्थी कामले समाजमा स्थापित बनाउन सक्छ । रोकिएका काम बन्नाले मनग्य लाभ हुनेछ । पहिलेका चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ । ईष्र्या गर्नेहरूले हार खानेछन् ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । विद्यामा वृत्ति, सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ । सहपाठीहरूलाई उछिन्दै पुरस्कार, प्रशंसा आदि प्राप्त गर्न सकिनेछ । व्यापारमा फाइदा हुनेछ । पशुपालन र कृषिमा लाभ मिल्नेछ । सन्तानको साथले उत्साह जगाउनेछ । मिहिनेत गर्दा विशेष अवसर प्राप्त हुनेछ । लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

साझेदारीका समस्या सुल्झनाले दिगो योजनामा अघि बढ्दा फाइदा उठाउन सकिनेछ । अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । आर्जित द्रव्य अरूलाई दिने नभई भित्र्याउने समय छ । दिएको धनमाल पछि आफैंलाई आवश्यक पर्न सक्छ । पुरानो सम्झौता नवीकरण हुनाले पछिसम्म फाइदा हुनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ । चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने मौका छ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

दिगो काम प्रारम्भ हुनेछ । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ । तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ । उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । विभिन्न भौतिक साधन जुटाउने अवसर मिल्नेछ । मनग्य धन लाभ हुनाले सोख पूरा गर्न सकिनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र समेत फराकिलो बन्नेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

मिहिनेतको फल प्राप्त हुनाले काममा उत्साह जाग्नेछ । नयाँ अवसर र आम्दानीका स्रोत फेला पर्नेछन् । पढाइमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ । प्रयास गर्दा सजिलै काम बन्नेछ । बिछोडिएका आफन्तसँग भेटघाटको अवसर जुट्नेछ । रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ । आफ्नो सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

खर्चको जोहो गर्न आफन्त र परिवारबाट टाढिनुपर्ला । आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला । समस्या पर्दा सहयोग गर्नेहरू भेटिनेछन् । खर्च लागे पनि दिगो फाइदा हुने काम फेला पर्न सक्छ । टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ । अवसरको खोजीमा केही दौडधुप भने गर्नुपर्ला । चुनौती पन्छाउँदै रोकिएका काम सम्पादन गर्न सकिनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन् । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । समाजले पदीय दायित्व दिलाउन सक्छ । मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । नोकरीमा लाभ हुनेछ । आवश्यक भौतिक साधन जुट्नाले नयाँ काम थालनी गर्न सकिनेछ । रुचिका विषयमा लगानी बढाउने समय छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

नयाँ काममा जग बसाउने समय छ । कामको सन्दर्भमा पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ । गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ । दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ । व्यापारतर्फ थोरै लगानीबाट पनि मनग्य नाफा उठाउन सकिनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

तारिफयोग्य काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ । समाजले पदीय जिम्मेवारी दिलाउनेछ । नसोचेको अवसरले मन प्रफुल्लित हुनेछ । समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । भाग्यले विभिन्न अवसर थमाउनेछ । उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ । चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपर्ला । आकस्मिक समस्याले दौडधुप गराउन सक्छ । कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । स्वास्थ्यका लागि आहार–विहारमा सजग हुनुहोला । गोपनीयता बाहिरिनाले केही समस्या देखा पर्नेछन् । तापनि नियमित काम सम्पादन हुनेछ ।

प्रकाशित मिति : २०८२ असार २१ गते शनिबार