सूचनाको शक्ति - The Power Of Information

        

आज राति कहाँ-कहाँ हुँदैछ भारी वर्षा

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज राति विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा तथा बाँकी प्रदेशका थोरै ठाउँमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यसैगरी यी प्रदेशहरूका एक–दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार १७:३३