पत्रकार दिलभूषण पाठक जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन् । साइबर अपराध गरेको आरोपमा मुद्दा दायर भएपछि पाठक आज बिहान जिल्ला अदालत उपस्थित भएका हुन् । अब उनीविरुद्ध थुनछेक बहस हुनेछ ।
युट्युबमार्फत घृणा र द्वेष फैलाएको आरोप लगाउँदै नेपाल प्रहरीको साइबर ब्यूरोले पाठकविरुद्ध १६ असारमा मुद्दा दायर गरेको थियो । प्रहरीले पक्राउ पूर्जी जारी गरेर पाठकमाथि अनुसन्धान अघि बढाउन खोजेको थियो । तर, उच्च अदालतले ५ असारमा पक्राउ नगर्नु भनी आदेश गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थिएन ।
पक्राउ नगरी प्रहरीले उनीविरुद्ध मुद्दा दायर गरेको हो । पाठकले हिल्टन होटलसँग सम्बन्धित भिडियो आफ्नो युट्युब च्यानलमार्फत प्रसारण गरेका थिए । जसमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरलाई जोडिएको थियो । त्यसपछि पाठकविरुद्ध उजुरी परेपछि साइबर ब्यूरोले उनीविरुद्ध मुद्दा दायर गरेको हो ।
सत्यपाटी