२०८२ चैत २ , सोमबार 16, March 2026, Monday

उडिरहेका बेला विमानको झ्याल खुलेपछि…

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असार १९ गते बिहीबार

भारत गोवाबाट पुणेतर्फ उडिरहेका बेला स्पाइसजेट विमानको झ्यालको फ्रेम उप्किएको छ । एयरलाइन्सले बुधबार यो जानकारी दिएको हो । घटना भने मंगलबारको हो ।

एयरलाइन्सले विज्ञप्तिमा भनेको छ, ‘क्यू ४०० विमानमध्ये एकको ‘कस्मेटिक’ (भित्री) झ्यालको फ्रेम उडानका क्रममा खुकुलो भयो र उप्कियो ।’ एयरलाइन्सका अनुसार विमान पुणे विमानस्थलमा अवतरण गरेपछि फ्रेम मर्मत गरिएको छ ।

स्पाइसजेटले विज्ञप्तिमा अगाडि भनेको छ, ‘उडानभरि क्याबिनमा दबाब सामान्य रह्यो र यसले यात्रुहरूको सुरक्षामा कुनै असर पारेन ।’ यसैबीच विमानको योग्यतामा प्रश्न उठाउँदै एक यात्रुले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा भाँचिएको झ्यालको भिडिओ पोस्ट गरेका छन् ।

प्रकाशित मिति : २०८२ असार १९ गते बिहीबार