भारत गोवाबाट पुणेतर्फ उडिरहेका बेला स्पाइसजेट विमानको झ्यालको फ्रेम उप्किएको छ । एयरलाइन्सले बुधबार यो जानकारी दिएको हो । घटना भने मंगलबारको हो ।
एयरलाइन्सले विज्ञप्तिमा भनेको छ, ‘क्यू ४०० विमानमध्ये एकको ‘कस्मेटिक’ (भित्री) झ्यालको फ्रेम उडानका क्रममा खुकुलो भयो र उप्कियो ।’ एयरलाइन्सका अनुसार विमान पुणे विमानस्थलमा अवतरण गरेपछि फ्रेम मर्मत गरिएको छ ।
स्पाइसजेटले विज्ञप्तिमा अगाडि भनेको छ, ‘उडानभरि क्याबिनमा दबाब सामान्य रह्यो र यसले यात्रुहरूको सुरक्षामा कुनै असर पारेन ।’ यसैबीच विमानको योग्यतामा प्रश्न उठाउँदै एक यात्रुले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा भाँचिएको झ्यालको भिडिओ पोस्ट गरेका छन् ।
सत्यपाटी संवाददाता । काठमाडौं