२०८२ असार १९ गते बिहीवार, ३ जुलाई २०२५ । आषाढ शुक्लपक्ष अष्टमी तिथि, १४ः१६ बजेपछि नवमी । हस्त नक्षत्र, १५ः२५ बजेपछि चित्रा । चन्द्रराशि कन्या ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन् । ईष्र्या गर्नेहरूले काममा अवरोध पुर्याउलान् । सोझोपनको फाइदा अरूले उठाउन सक्छन् । आकस्मिक खर्च बढ्नेछ । आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन् । यात्रा गर्दा धनमाल सुरक्षामा ध्यान दिनुहोला । मिहिनेत गर्दा चुनौती चिर्दै काम बनाउन सकिनेछ । बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउन सक्छ ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
चिताएको काम अचानक रोकिन सक्छ । कामको मेसो नमिल्दा योजना अधुरै रहनेछ । अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ । स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ । समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला । धैर्य एवं लगनशीलताले उपलब्धि दिलाउनेछ । व्यवसायमा फाइदा हुनेछ । सन्तानको साथले उत्साह जगाउनेछ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउला । हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ । बेसुरमा दिइएको वचनले समस्या निम्त्याउन सक्छ । महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला । घरायसी आवश्यकता बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ । फाइदाका लागि साइनो गाँसी नजिकिनेहरूबाट सावधान रहनुहोला ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सबैलाई समेटेर काम लिन नसक्दा पछि परिनेछ । समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ । ईष्र्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन् । सानातिना काममै अल्झनुपर्नेछ । कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न समय लाग्नेछ । दीर्घकालीन योजना बनाएर काम प्रारम्भ गर्ने बेला छ ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
बोलीको प्रभाव बढ्नेछ भने चिताएको काम सजिलै सम्पादन हुनेछ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । सहयोगीहरूले हिम्मत दिलाउनेछन् । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । सुखद समाचारले उत्साह जगाउनेछ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
कामना पूर्ण हुनेछ भने रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ । आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । काममा विशेष अवसर प्राप्त हुनेछ । पहिलेको सफलताले पनि हौसला जगाउनेछ । व्यापारमा फाइदा हुनेछ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
केही पाउन केही वस्तु त्याग्नुपर्ला । रमाइलो भ्रमणका लागि प्रयत्न गर्ने समय छ । टाढाका साथीभाइले काममा साथ दिनेछन् । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ । अर्थअभाव खट्किए पनि आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ । तर, खर्च बढ्नेछ भने समयमा आलस्य गर्ने बानीले पछि परिनेछ । व्यवसायमा लगानी गर्ने अवसर प्राप्त हुनेछ ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
प्रयत्न गर्दा आयस्रोत बढाउन सकिनेछ । व्यापारमा अड्किएको रकम उठ्नेछ । भविष्यका लागि केही लगानी बढाउन सकिनेछ । तर अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन् । आंशिक फाइदा भए पनि काम पूरा गर्न अनुमानभन्दा बढी लगानी र समय लाग्नेछ । लाभांश अरूका लागि खर्चनुपर्ला । सरसापटमा पनि रकम बाहिरिन सक्छ ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ । तर विगतका कमजोरी बाहिर आउनाले समस्या पर्ला । अवसर प्राप्त भए पनि आफ्नैले काम बिगार्न सक्छन् । अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ । स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुपर्ला । सामाजिक दायित्व बढ्नेछ । संघर्षपछि लाभ उठाउन सकिनेछ ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
रोकिएका काम सम्पादन हुनेछन् भने मिहिनेतले लक्ष्यमा पुर्याउनेछ । सानो प्रयत्नले धेरैको भलाइ हुन सक्छ । सामाजिक वादविवाद सुल्झाउने जिम्मेवारी आउन सक्छ । चुनौतीहरू पन्छाउँदै चिताएको काम बनाउन सकिनेछ । श्रम परे पनि विशेष उपलब्धि हासिल हुनेछ । भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ । लगनशीलताले उत्साह जगाउनेछ ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
स्वास्थ्यका लागि आहार–विहारमा अलि सजग रहनुपर्ने समय छ । व्यस्तता बढ्नेछ भने शारीरिक समस्याले कमजोरी अनुभूति हुनेछ । गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ । लगानी गर्ने काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला । अनावश्यक अडान लिने बानीले पनि समस्या निम्त्याउनेछ । शुभचिन्तकको सुझावलाई ध्यान दिनुहोला ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । घुमफिर तथा मनोरञ्जनको समय छ । तर आफ्नो नाम उपयोग गरी अरूले फाइदा उठाउन सक्छन् । पारिवारिक असमझदारीले आँटेको काममा पछि हट्नुपर्ने अवस्था पनि आउन सक्छ । खर्च लागे पनि सोख र भोगविलासका वस्तु जुटाउने समय छ । प्रयत्न गर्दा देश–विदेशको भ्रमण गर्ने साइत जुर्न सक्छ ।