सूचनाको शक्ति - The Power Of Information

        

कर्णाली विकास बैंक घोटाला प्रकरण

कर्णाली विकास बैंकका तत्कालीन अध्यक्ष एवं एमाले केन्द्रीय सदस्य पशुपतिदयाल मिश्र पक्राउ

कर्णाली विकास बैंक घोटाला प्रकरणमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पशुपतिदयाल मिश्र छन् । उनी विसं २०६६ सालदेखि ०७५ सालसम्म बैंकको अध्यक्ष थिए । उनलाई नेपालगन्जबाट बुधबार पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) का प्रवक्ता तथा एसपी युवराज खड्काले बताए ।

मधेश आन्दोलनबाट उदाएका नेता मिश्र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा उनी बाँके क्षेत्र नं.२ बाट उम्मेदवार थिए । स्वतन्त्र राजनीतिक समूहका उनी सूर्य चुनाव चिह्नबाट प्रतिस्पर्धा गरे पनि पराजित भए । पछि उनी एमाले प्रवेश गरेका थिए । एमाले केन्द्रीय सदस्यसमेत रहेका मिश्रसँगै यो ठगी प्रकरणमा पक्राउ पर्नेको संख्या तीन पुगेको छ ।

यसअघि तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी र बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेका थिए । पक्राउ परेकाहरुलाई बाँके नै राखेर सीआइबीको टोलीले बाँके हिरासतमै राखेर अनुसन्धान गरिरहेको छ । सीआइबीबाट डीएसपी दान थापाको कमाण्डको एउटा टोली नेपालगन्ज गएर अनुन्सन्धान गरिरहेको सीआइबीले बताएको छ ।

पक्राउ परेकाहरुविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अन्तर्गतको कसुरमा नेपाल राष्ट्र बैंकको समन्वयमा अनुसन्धान भइरहेको सीआइबीले बताएको छ । यो बैंकमा अहिलेसम्म २ अर्ब ५० करोड रुपैयाँ हिनामिना भएको भन्दै उजुरी परेको छ । कर्णाली विकास बैंक २०६० सालमा स्थापना भएको थियो । अपचलनमा संलग्न मुख्य व्यक्ति रायको कर्णाली विकास बैंकमा करिब ८० प्रतिशत संस्थापक सेयर छ ।

उनी बैंक स्थापनादेखि नै कार्यकारी अध्यक्ष तथा सीइओका रूपमा करिब १५ वर्षसम्म कार्यरत थिए । प्रमुख सेयर होल्डरका रूपमा रायले नै बैंक चलाउँदै आएका थिए । बैंक सञ्चालक समिति अध्यक्ष डा.ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित विशेष छानबिन समितिले ठूलो रकम घोटाला भएको निष्कर्ष निकालेको थियो ।

यो बैंकमा अहिलेसम्म २ अर्ब ५० करोड रुपैयाँ हिनामिना भएको भन्दै उजुरी परेको छ । कर्णाली विकास बैंक २०६० सालमा स्थापना भएको थियो । अपचलनमा संलग्न मुख्य व्यक्ति रायको कर्णाली विकास बैंकमा करिब ८० प्रतिशत संस्थापक सेयर छ । प्रमुख सेयर होल्डरका रूपमा रायले नै बैंक चलाउँदै आएका थिए ।

एमालेका केन्द्रीय सदस्य रहेका मिश्र जिविस सभापति पनि भइसकेका व्यक्ति हुन् । मिश्र विसं २०६६ सालदेखि ०७५ सालसम्म बैंकको अध्यक्ष थिए । मधेश आन्दोलनबाट उदाएका नेता मिश्र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा उनी बाँके क्षेत्र नं. २ बाट उम्मेदवार थिए । स्वतन्त्र राजनीतिक समूहका उनी सूर्य चुनाव चिह्नबाट प्रतिस्पर्धा गरे पनि पराजित भए ।

पछि उनी एमाले प्रवेश गरेर केन्द्रीय सदस्य बनेका थिए । एमाले प्रवेश गर्नासाथ उनलाई पार्टीले नेपालगन्ज उपमहानगरपालिकाको प्रमुख पदको टिकट दिएको थियो । तर, उनले निर्वाचन जित्न सकेनन् । अहिले त्यहाँ नेपाली कांग्रेसका प्रशान्त विष्ट मेयर छन् । विष्टले २३ हजार ४६० मत ल्याएर विजयी हुँदा मिश्र भने ११ हजार ६७५ मत प्राप्त गरेका थिए ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार १६:५०