थाइल्याण्डकी प्रधानमन्त्री पेतोङतार्न सिनावात्रा पदबाट निलम्बित भएकी छन् । कम्बोडियाका पूर्ववरिष्ठ नेतासँगको उनको एउटा लिक भएको फोन कललाई लिएर नैतिकता सम्बन्धी छानबिन चलिरहेकोले उनलाई निलम्बन गरिएको हो ।
३८ वर्षीया पेतोङतार्नले १० महिनाअघि मात्रै आफ्ना पूर्ववर्तीलाई हटाइएपछि प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन् । उनको निलम्बनले दक्षिणपूर्वी एसियाली यस देशमा थप अनिश्चितता सिर्जना गरेको छ, जुन वर्षौंदेखि राजनीतिक उथलपुथल र नेतृत्व परिवर्तनले ग्रसित छ ।
थाइल्याण्डको संवैधानिक अदालतले ३६ सिनेटरहरूको समूहले दायर गरेको निवेदन स्वीकार गरेको छ । उक्त निवेदनमा पेतोङतार्नले लिक कलमा नैतिक मापदण्ड उल्लङ्घन गरी संविधानको अवहेलना गरेको आरोप लगाइएको थियो । उक्त कल भएको दुवै पक्षले पुष्टि गरेका थिए । अदालतले नैतिकता सम्बन्धी मुद्दामा फैसला नआएसम्म पेतोङतार्नलाई प्रधानमन्त्रीको जिम्मेवारीबाट निलम्बन गर्ने निर्णय गरेको छ ।
सत्यपाटी