पछिल्लो तीन घण्टामा दाङको अम्बापुर, घोराही, बेलझुण्डी, बाँकेको कुसुम र आसपासका क्षेत्रमा मध्यम वर्षा मापन भएको छ । जल तथा मौसम विज्ञान विभागले सो क्षेत्रमा थप वर्षा हुनसक्ने सम्भावना रहेको बताएको हो ।
पश्चिम राप्ती र बबई नदी जलाधारका सहायक स–साना खोलाहरूमा जलसतह बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रमा रहनेहरूले आवश्यक सतर्कता अपनाउन मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।
त्यस्तै बाँके जिल्लास्थित भगवनपुर वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको छ । यसका कारण डुडुवा खोलामा आकस्मिक बाढीको जोखिम रहेकाले खोलाको तल्लो तटीय क्षेत्रमा रहनेहरूले आवश्यक सतर्कता अपनाउन भनिएको छ ।
यता, पछिल्लो तीन घण्टामा गुल्मी जिल्लास्थित भर्से वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा हल्कादेखि मध्यम वर्षामापन भएको छ । सो क्षेत्र भई बहने स–साना खोलाहरूमा जलसतह बढ्ने तथा कमजोर र भिरालो जमिनमा पहिरोको जोखिम हुनसक्ने भन्दै विभाग सतर्कता अपनाउन भनेको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं