सूचनाको शक्ति - The Power Of Information

        

गगने खोलाको पहिरोले कर्णाली राजमार्गमा अवरुद्ध

अविरल वर्षापछि आएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कालीकोटको गगने खोलामा रातिदेखिको लगातार वर्षासँगै ठूला ढुंगासहितको पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । प्रहरीका अनुसार गगने खोलामा बिहान ६ बजेदेखि सडक बन्द भएको हो ।

सडक खुलाउन हेभी मेसिनसहित जनशक्ति परिचालन गरिएको सडक डिभिजन जुम्लाले जनाएको छ । वर्षा जारी रहेकाले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न यात्रुहरूलाई आग्रह गरिएको छ । सडक अवरुद्ध हुँदा जुम्लादेखि सुर्खेत, नेपालगन्जतर्फ जाने मालबाहक र यात्रुबाहक सवारी साधन रोकिएका छन् ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार ०८:२०