२०८२ चैत १ , आइतबार 15, March 2026, Sunday

देशभर मनसुनी वायुको प्रभाव कायमै, यी स्थानमा भारी वर्षा

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असार १६ गते सोमबार

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भैरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका धेरै स्थानहरूमा तथा बाँकी भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदुरपश्चिम प्रदेशको थोरै स्थानहरुमा तथा बाँकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । त्यस्तै, राति भने कोशी, बाग्मती, गण्डकी र सुदुरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २०८२ असार १६ गते सोमबार