२०८२ माघ ३ , शनिबार 17, January 2026, Saturday

आज सोमबार कुन राशिका लागि कति शुभ ?

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असार १६ गते सोमबार

२०८२ असार १६ गते सोमवार, ३० जुन २०२५ । आषाढ शुक्लपक्ष पञ्चमी तिथि, ११ः५७ बजेपछि सप्तमी । मघा नक्षत्र, १०ः२७ बजेपछि पूर्वफाल्गुनी । चन्द्रराशि सिंह ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ । सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । स्वास्थ्य सबल रहनेछ । अध्ययनमा प्रगति हुनेछ । समय लागे पनि तारिफयोग्य कामले अरूको उपकार गर्न सकिनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ । काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन् । पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ । भूमि तथा पशुधनबाट लाभ मिल्नेछ । टाढिएका आफन्त नजिकिन सक्छन् । शुभचिन्तकहरूलाई साथमा लिएर जुट्नुहोला, मिहिनेतले काम सम्पादन हुनेछ । रोकिएका काममा भने दोहोर्याएर प्रयत्न गर्नुपर्ला ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

मिहिनेतको प्रतिफल प्राप्त हुनेछ । चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ । दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ । पेसा–व्यवसायमा फाइदा हुनेछ । मनग्य धनलाभ हुनेछ भने पहिलेको लगानीले दिगो फाइदा दिलाउनेछ । मिहिनेतले दैनिकीमा सुधार ल्याउनेछ । शत्रु र प्रतिस्पर्धीलाई पछि पर्दै लाभ उठाउन सफल भइनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । सुखद् समाचारले उत्साह जगाउनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । नयाँ काम प्रारम्भ हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ । बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ । बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ । अवसरका लागि केही दौडधुप गर्नुपर्ला । फाइदाका लागि केही वस्तु त्याग्नुपर्नेछ । व्यवसायमा लगानी बढाउनुपर्ला । बलजफ्तीको व्यवहारले व्यर्थैमा समस्या निम्त्याउन सक्छ । आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ । खर्च लागे पनि यात्रा गर्ने अवसर प्राप्त हुनेछ । तर आफ्नो उपलब्धिमा अरूले दाबी गर्न सक्छन् ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ । तारिफयोग्य काम सम्पादन गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ । विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिलेको सफलताले नयाँ अवसर पनि दिलाउन सक्छ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

पुराना कामको चर्चा हुनेछ र नयाँ अवसर पनि प्राप्त हुनेछ । महत्त्वपूर्ण भेटघाटले हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । कीर्तिमानी काम गर्ने समय छ । आवश्यक पर्दा साथीभाइको सहयोग भने नजुट्न सक्छ । मेहनतले नाम, दाम र इनाम प्राप्त हुनेछ । सामाजिक दायित्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा फाइदा हुनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

धर्ममा श्रद्धा र परोपकारमा मन जानेछ । नयाँ जिम्मेवारी प्राप्त हुनेछ । व्यापार(व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ । विशेष अवसरले मन प्रफुल्लित हुनेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । भाग्यले विशेष अवसर दिलाउनेछ । समस्या र चुनौती समाप्त हुनेछन् । नाम र दाम हातलागी हुनेछ । योजना पूर्ण नभए पनि आर्थिक लाभ अवश्य हुनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ । दिनभर दौडधुप गर्नुपरे पनि काम अधुरो रहला । पहिलेका समस्या दोहोरिनाले उत्साहमा समेत कमी आउन सक्छ । स्वास्थ्यमा कमजोरी देखापर्नुका साथै उपचारमा खर्च हुने योग छ । महत्त्वपूर्ण समय घरेलु समस्यामै अल्झनुपर्ला । हुलमुलमा धनमाल हराउन सक्छ, सचेत रहनुहोला ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

धेरै बोल्दा समस्या आउन सक्छ । हातमा आएको रकम अरूका लागि खर्चनुपर्ने छ । आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला । परिवारजनको साथले केही समस्या सुल्झनेछन् । उधारोमा व्यापार गर्नुपर्ला । खानपान, मानोरञ्जन र पहिरनको सोखले खर्च बढाउन सक्छ । निम्तो मान्ने क्रममा आतिथ्य खर्चिलो बन्ने देखिन्छ । भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ । पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ । चुनौती पन्छाएर काम बनाउन सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइनेछ । व्यापारलगायत आर्थिक लाभ लिने योजना कार्यान्वयन हुनेछन् । भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ । छोटो समयमा विशेष उपलब्धि प्राप्त हुनेछ ।

प्रकाशित मिति : २०८२ असार १६ गते सोमबार