२०८२ चैत १ , आइतबार 16, March 2026, Monday

एसइई नतिजा बेलुका प्रकाशन हुने, कसरी हेर्न सकिन्छ ?

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असार १३ गते शुक्रबार

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको नतिजा आजै बेलुका सार्वजनिक गर्ने तयारी गरेको छ । बेलुका ५ बजे बोर्ड बैठक बोलाइएको छ । त्यसलगत्तै नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ ।

परीक्षा नियन्त्रक डा.गणेश भट्टराईले कुरा गर्दै भने, ‘एसईई नतिजाको अन्तिम तयारी पूरा भएको छ ।’ नतिजा प्रकाशित भएपछि विभिन्न अनलाइन पोर्टलहरुमा नतिजा हेर्न सकिने व्यवस्था मिलाइएको छ ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले साँझ साढे ५ बजेपछि नतिजा सार्वजनीक गरिने बताए । यस वर्ष असार ६ गतेभित्रमा नतिजा सार्वजनिक गर्ने गरी कार्यतालिका बने पनि गत २०८१ सालको चैत २० गतेदेखि २०८२ वैशाख १७ गतेसम्म शिक्षकहरुले काठमाडौँका सडकमा उत्रिएर शैक्षिक हड्ताल गरेपछि नतिजा प्रकाशनमा ढिलाइ हुन पुगेको हो ।

आन्दोलन रोकिएलगत्तै कर्मचारीहरूले डबल सिफ्टमा उत्तरपुस्तिका परीक्षणलाई तीव्र गतिले अघि बढाएका थिए । २०८१ सालको चैत ७ गतेदेखि चैत १९ गतेसम्म सञ्चालन भएको एसइई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।

कहाँ–कहाँ हेर्न सकिन्छ नजिता ?

प्रकाशित मिति : २०८२ असार १३ गते शुक्रबार