२०८२ फागुन २ , शनिबार 14, February 2026, Saturday

एसइईको नतिजा आज साँझ साढे ५ बजेपछि आउने

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असार १३ गते शुक्रबार

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आजै प्रकाशन गर्ने तयारी गरेको छ । राष्ट्रिय परीक्षा बोर्डको भर्खरै सम्पन्न भएको बैठकले एसइईको नतिजा आजै प्रकाशन गर्ने निर्णय गरेको हो ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले साँझ साढे ५ बजेपछि नतिजा सार्वजनीक गरिने बताए । यस वर्ष असार ६ गतेभित्रमा नतिजा सार्वजनिक गर्ने गरी कार्यतालिका बने पनि गत २०८१ सालको चैत २० गतेदेखि २०८२ वैशाख १७ गतेसम्म शिक्षकहरुले काठमाडौँका सडकमा उत्रिएर शैक्षिक हड्ताल गरेपछि नतिजा प्रकाशनमा ढिलाइ हुन पुगेको हो ।

आन्दोलन रोकिएलगत्तै कर्मचारीहरूले डबल सिफ्टमा उत्तरपुस्तिका परीक्षणलाई तीव्र गतिले अघि बढाएका थिए । २०८१ सालको चैत ७ गतेदेखि चैत १९ गतेसम्म सञ्चालन भएको एसइई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।

प्रकाशित मिति : २०८२ असार १३ गते शुक्रबार