२०८२ फागुन २ , शनिबार 14, February 2026, Saturday

एसइईको नतिजा प्रकाशन गर्ने निर्णय लिन बस्यो बोर्डको बैठक

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असार १३ गते शुक्रबार

माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशन गर्ने विषयमा निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठक अहिले बसिरहेको छ । बैठक केहीबेर अघिबाट सुरु भएको हो । बोर्ड बैठकले एसइईको नतिजा आजै नतिजा प्रकाशित गर्ने वा भोलि भन्नेबारे निर्णय गर्नेछ ।

२०८१ सालको चैत ७ गतेदेखि चैत १९ गतेसम्म सञ्चालन भएको एसइई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।

यस वर्ष असार ६ गतेभित्रमा नतिजा सार्वजनिक गर्ने गरी कार्यतालिका बने पनि गत २०८१ सालको चैत २० गतेदेखि २०८२ वैशाख १७ गतेसम्म शिक्षकहरुले काठमाडौँका सडकमा उत्रिएर शैक्षिक हड्ताल गरेपछि नतिजा प्रकाशनमा ढिलाइ हुन पुगेको हो । आन्दोलन रोकिएलगत्तै कर्मचारीहरूले डबल सिफ्टमा उत्तरपुस्तिका परीक्षणलाई तीव्र गतिले अघि बढाएका थिए ।

प्रकाशित मिति : २०८२ असार १३ गते शुक्रबार