२०८२ कात्तिक २१ , शुक्रबार 7, November 2025, Friday

आज शुक्रबार कस्तो छ तपाईंको ग्रहदशा ? हेर्नुस् राशिफल

सत्यपाटी
सत्यपाटी । काठमाडौं
२०८२ असार १३ गते शुक्रबार

२०८२ असार १३ गते, शुक्रवार, २७ जुन २०२५ । आषाढ शुक्लपक्ष द्वितीया तिथि, १३ः२१ बजेपछि तृतीया । पुनर्वशु नक्षत्र, ९ः४८ बजेपछि तिष्य । चन्द्रराशि कर्कट ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आश्वासन दिनेहरूले आफ्नो प्रतिबद्धता पूरा नगर्न सक्छन् । हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ । आफन्त र परिवारजनलाई समय दिनुपर्ने हुन सक्छ । कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ । बगैंचा, फूलबारी र घरको साजसज्जामा समय बित्नेछ । टाढिएका आफन्त, साथीभाइ नजिकिन सक्छन् । दोहोर्याएर प्रयत्न गर्दा लक्ष्य प्राप्ति हुनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

नयाँ तथा दिगो फाइदा हुने काम हातलागी हुनेछ । सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । मिहिनेतले राम्रो परिणाम प्राप्त हुनेछ । भौतिक साधन पनि जुट्नेछन् । उद्योग र व्यापारमा फाइदा हुनेछ । प्रतिस्पर्धीबाट जोगिएर काम गर्नुहोला । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । सामाजिक दायित्व बढ्नेछ । लोकप्रिय कामले उचाइमा पुर्याउनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

अध्ययनमा विशेष प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । सुखद् समाचारले उत्साह जगाउनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । नयाँ काम प्रारम्भ हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ । बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ । बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । बौद्धिक क्षमताको तारिफ हुनेछ भने व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

खर्च लागे पनि काम बन्नेछ । पछिका लागि केही वस्तु त्याग्नुपर्ला । दोहोर्याएर प्रयत्न गर्दा अवरोध हट्न सक्छ । आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुटाउन सकिनेछ । भेटघाटका लागि समय अनुकूल नदेखिए पनि टाढाका साथीभाइले काममा साथ दिनेछन् । केही खर्च बढ्नेछ । समयमा आलस्य गर्ने बानीले पछि परिनेछ । अरूको विश्वास गर्दा धनमाल हराउन सक्छ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

कर्मयोगको विशेष फल प्राप्त गर्ने समय छ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । आयआर्जन बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुनेछ । कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ । चल–अचल धनको उपयोगबाट मनग्य फाइदा उठाउन सकिनेछ । मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । ऋण तथा कर्जा पनि चुक्ता गर्न सकिनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

विशेष कर्म प्राप्तिको योग छ । सामाजिक जिम्मेवारी बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ । आँटेको काम सिद्ध हुनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ । नयाँ कामको योजना बन्नेछ । भौतिक साधन जुट्नाले काममा सहजता आउनेछ । व्यापार बढ्नुका साथै मनग्य लाभ हुनेछ । पेसा–व्यवसायले उचाइमा पुर्याउनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

सम्भावना र अवसर खोजी गर्ने समय छ । आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ । सामाजिक दायित्व बढ्नेछ । सानो प्रयत्नले समाजका लागि फाइदा हुने काम सम्पादन गर्न सकिनेछ । तारिफयोग्य कामले लोकप्रियता दिलाउनेछ । अध्ययनमा राम्रो प्रगति हुनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

स्वास्थ्य कमजोर रहनेछ भने केही प्रतिकूल परिस्थितिसँग जुध्नुपर्नेछ । अशक्त अवस्थामा व्यस्तता बढ्नेछ । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । हुलमुलमा धनमाल हराउन सक्छ । प्राथमिकताका आधारमा काम अघि बढाउन नसकिएला । सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त गर्न समय लाग्नेछ । शुभचिन्तकहरू समेत टाढा हुने सम्भावना देखिन्छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । आफन्तसँग रमाइलो भेटघाट हुनेछ । आकर्षक उपहारले उत्साह जगाउनेछ । मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ । परिवारजनको साथ जुट्नाले अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन सकिनेछ । भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ । नयाँ काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ । पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ । प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त भइरहनेछन् । परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् भने रोगबाट उन्मुक्ति मिल्नेछ । विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ । प्रतिस्पर्धीहरूलाई समेत पछि पार्न सकिनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

श्रम परे पनि सुखद् समाचारले उत्साह जगाउनेछ । तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ । आम्दानीका स्रोत पनि बढ्नेछन् र दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई पनि निखार्ने अवसर प्राप्त हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ ।

प्रकाशित मिति : २०८२ असार १३ गते शुक्रबार