२०८२ माघ २५ , आइतबार 9, February 2026, Monday

कैलाश मानसरोवर गएका विदेशी नागरिकको मृत्यु

सत्यपाटीसत्यपाटी । रसुवा । २०८२ असार १० गते मंगलबार

कैलाश मानसरोवरको यात्राका क्रममा एक विदेशी नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा फिजीका ५५ वर्षीय दलिप सिंह रहेको प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।

यही असार ७ गते चीनको भूभागमा उनको मृत्यु भएको थियो । मृतक सिंहको शव केरूङदेखि स्याफ्रुबेँसी हुँदै हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । उनको मृत्युको कारण भने खुल्न सकेको छैन ।

प्रकाशित मिति : २०८२ असार १० गते मंगलबार