नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमलाई ज्यान मुद्दामा सफाइ दिने दुई न्यायाधीशलाई न्याय परिषद्ले परिषद्मा तानेको छ । बिहीवार बसेको न्याय परिषद्को बैठकले रौतहट जिल्ला अदालतका न्यायाधीश डा.खुसीप्रसाद थारु र अर्जुन महर्जनलाई परिषद्मा बोलाएको हो ।
आलमलाई सफाइ दिएको आदेशप्रति चौतर्फी विरोध र दबाब बढेसँगै परिषद्ले सो निर्णय लिएको बताइएको छ । जेठ १४ गते थारु र महर्जनको संयुक्त इजलासले पूर्वसांसद आलमलाई ज्यान मुद्दामा सफाइ दिएको थियो । अदालतको उक्त आदेशपछि सार्वजनिक प्रतिक्रिया चर्किंदै गएकाले न्याय परिषद्ले उनीहरूको भूमिकामाथि छानबिन गर्ने तयारी थालेको हो ।
सत्यपाटी संवाददाता । काठमाडौं