२०८२ चैत २८ , शनिबार 11, April 2026, Saturday

एसइई नतिजा असार तेस्रो साता, कलेजहरु नयाँ भर्नाको तयारीमा

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असार ५ गते बिहीबार

राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ । नियमित तालिका अनुसार असार पहिलो साता नतिजा सार्वजनिक हुनुपर्ने भए पनि हो एक महिना लामो शिक्षक आन्दोलनका कारण नतिजा केही ढिलो हुने भएको हो ।

अहिले उत्तरपुस्तिका परीक्षण अन्तिम चरणमा पुगेको बोर्डले जनाएको छ । एसइई परीक्षा गत चैत ७ देखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।

एसइईको परिणाम आउने मिति नजिकिएसँगै कलेजहरुले कक्षा ११ को नयाँ भर्नाका लागि तयारी सुरु गरेका छन् । कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, कानुन, मानविकी, शिक्षाशास्त्र लगायतका संकाय अन्तर्गत करिब २०० विषयमा अध्यापन हुने गरेको छ ।

एसईईपछि कुन शैक्षिक संस्था र कुन संकाय वा विषय रोज्ने भनेर विद्यार्थी र अभिभावकमा द्विविधा र चिन्ता हुने गरेको छ । यस्तोमा कलेजहरुले आ–आफ्नो विशेषता र सुविधाको बारेमा प्रचारप्रसार थालेका छन् । पछिल्लो समय निजी मात्र होइन सामुदायिक विद्यालयहरुले समेत उत्कृष्ट शैक्षिक वातावरणमा शिक्षा दिलाउन थालिसकेका छन् ।

प्रकाशित मिति : २०८२ असार ५ गते बिहीबार