काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बन कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ ।
आज (बुधवार) न्यायाधीश ऋषिराज भण्डारी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले महानगरपालिकाको जेठ २० गतेको निलम्बन पत्र यथास्थितिमा राख्न आदेश दिएको हो ।
अदालतको आदेशमा भनिएको छ, ‘२०८२ साल जेठ २० गते निलम्बन गरिएको पत्र कार्यान्वयन नगरी निवेदकलाई निजकै पदमा रही कामकाज गर्न दिनू–दिलाउनू,’ भनेर विपक्षीहरूका नाममा अन्तरिम आदेश जारी गरिएको हो ।
यस अन्तर्गत अब राजुनाथ पाण्डे पुनः आफ्नो पदमै रही कार्य सम्पादन गर्न सक्नेछन् । जबसम्म अन्तिम फैसला हुँदैन । प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले पाण्डेलाई गत जेठ २० गते ६ महिनाका लागि निलम्बन गरेका थिए । उक्त निलम्बनविरुद्ध पाण्डेले मङ्गलबार उच्चमा उत्प्रेषणको रिट दायर गरेका थिए ।


सत्यपाटी संवाददाता । काठमाडौं