सूचनाको शक्ति - The Power Of Information

        

मलामी गएका किशोरको डुबेर मृत्यु

मलामी गएका गुराँस गाउँपालिका–४ रिठाका ११ वर्षीय कमल खड्काको डुबेर मृत्यु भएको छ । रतिखोला घाटमा पौडी खेल्ने क्रममा उनको मृत्यु भएको हो ।

डुबेर बेहोस भएका उनलाई प्रहरी र स्थानीयले उद्धार गरेर दैलेख अस्पताल पुर्याएकामा चिकित्सकले निजलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रमुख गणेशबहादुर बरालले जानकारी दिए ।

घाँस काट्न गएकी गुराँस गाउँपालिका–४ मैलारीकी महिला ४१ वर्षीया टीका बिसीको शनिबार लडेर मृत्यु भएको थियो । किशोर खड्का उनकै मलामी गएका थिए ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलवार ०७:२७