२०८३ मंसिर ११ , शुक्रबार 27, November 2026, Friday

सुर्खेतको भेरी पुल नजिकै गाडीलाई ठक्कर दिँदा नौ जना घाइते

सुर्खेतमा टिपरले गाडीलाई ठक्कर दिँदा नौ जना घाइते भएका छन् । आज बिहान साढे ७ बजे सुर्खेतको भेरीगंगा नगरपालिका–२ भेरीपुल नजिक क.प्र.०२००१ क.००३७ नम्बरको टिपरले क.प्र ०२००१ ख.०४३८ नम्बरको फोर्स गाडी ठक्कर दिँदा नौ जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार फोर्स गाडी सुर्खेतबाट दाङ आउँदै थियो भने टिपर छिन्चुबाट सुर्खेत जाँदै थियो । चालक सुर्खेतको बिरेन्द्रनगर नगरपालिका– १२ का २९ वर्षीय कमल रजाको खुट्टा भाँचिएको प्रहरीले जनाएको छ ।

अन्य घाइतेहरूमा दाङको राजपुर गाउँपालिका–२ का ३२ वर्षीय भुवन चौधरी, सुर्खेतको सिम्ता गाउँपालिका–६ का ३२ वर्षीया सरिता गरङ्जा, सल्यानको सारदा नगरपालिका–१ का ५० वर्षीय हेमराज बुढाथोकी, सुर्खेतको बिरेन्द्रनगर नगरपालिका–११ का २५ वर्षीय बहादुर विश्वकर्मा लगायत छन् ।

उनीहरूलाई उपचारका लागि सुर्खेत पठाइएको प्रहरीले जनाएको छ । गाडीलाई ठक्कर दिएपछि टिपरका चालक फरार छन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रकाशित मिति : २०८२ असार २ गते सोमबार