२०८२ चैत २ , सोमबार 16, March 2026, Monday

सहकारी ठगीमा रवि लामिछानेविरुद्ध फेरि अर्को मुद्दा दर्ता

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असार १ गते आइतबार

पर्साको सानो पाइला सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन बुझाएको झन्डै एक महिनापछि सरकारी वकिल कार्यालयले आइतबार अदालतमा मुद्दा दायर गरेको हो ।

पर्सामा पनि रवि लामिछानेसँगै नेपाल प्रहरीका पूर्व डीआइजी छविलाल जोशीलाई पनि प्रतिवादी बनाइएको छ । उनीहरू दुवै जना रुपन्देहीको सुप्रिम सहकारी ठगीको अभियोगमा कारागारमा छन् । बाँकी २७ जना प्रतिवादी भने फारर रहेको अदालतमा दायर अभियोग पत्रमा उल्लेख छ । सानोपाइला सहकारी ठगीको आरोपमा २०६ जना पीडितले जाहेरी दिएका थिए ।

प्रकाशित मिति : २०८२ असार १ गते आइतबार