सूचनाको शक्ति - The Power Of Information

        

बुद्ध एयरका कर्मचारीलाई उपदान, सामाजिक सुरक्षा कोषमा पनि आबद्ध

बुद्ध एयरले आफ्ना सबै कर्मचारीलाई उपदान हस्तान्तरण गरेको छ । बुद्ध एयरले आफ्ना सम्पूर्ण कर्मचारीलाई डिसेम्बर २०२४ सम्मको उपदान हस्तान्तरण गरेको हो । श्रम ऐन अनुसार कर्मचारीले अवकाश वा राजीनामा स्वीकृत हुँदा मात्र उपदान पाउँछन् ।

तर, बुद्ध एयरले भने कार्यरत रहेकै अवस्थामा कर्मचारीको उपदान बाँडेको हो । विगत २८ वर्षदेखि कर्मचारीले पाउनुपर्ने उपदान उसले कम्पनीको वासलातमा दायित्वको रुपमा राखेको थियो । यस्तै बुद्ध एयरले सबै कर्मचारीको निवृत्तिभरण सामाजिक सुरक्षा कोषमा जम्मा गर्दै आएको छ ।

बुद्ध एयरले कर्मचारीको निवृत्तिभरण जनवरी २०२५ देखि कोषमा जम्मा गर्दै आइरहेको छ । यसअघि बुद्ध एयरले कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्दै आएको थियो । निजी संस्था सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुपर्ने प्रावधान अनुसार बुद्ध एयरले कर्मचारीको निवृत्तिभरण सामाजिक सुरक्षा कोषमा जम्मा गरिरहेको हो ।

प्रकाशित मिति : १ असार २०८२, आइतवार १३:३१