२०८२ माघ १ , बिहीबार 15, January 2026, Thursday

बाढी महाशाखाले भन्यो, ‘पश्चिम नेपालमा सतर्कता अपनाउनू’

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ जेठ २८ गते बुधबार

पश्चिम नेपालका चार जिल्लाका स–साना खोलाहरुमा बहाब बढ्न सक्ने भन्दै बाढी पूर्वानुमान महाशाखाले चेतावनी जारी गरेको छ । बाँके, दाङ, डडेलधुरा र कन्चनपुरमा थप वर्षा हुने सम्भावना रहेकाले त्यहाँका खोला नजिकका क्षेत्र तथा डुबान भइरहने स्थानमा सतर्कता अपनाउन महाशाखाले स्थानीय बासिन्दालाई सुझाव दिएको छ ।

महाशाखाले आज बिहान चेतावनी जारी गर्दै भनेको छ, ‘पछिल्लो एक घण्टामा बाँके जिल्लास्थित सिक्टा, बैजापुर वर्षामापन केन्द्र र दाङ जिल्लास्थित घोराही, पदमपुर वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा मध्यम वर्षा मापन भएको छ र थप वर्षा हुने सम्भावना रहेकाले बाँके र दाङ जिल्ला भई वहने ससाना खोलाहरूमा बहाब बढ्न सक्ने भएकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहनु हुनेहरूले सतर्कता अपनाऔँ ।’

साथै महाशाखाले अर्को चेतावनी जारी गर्दै भनेको छ, ‘पछिल्लो एक घण्टामा डडेलधुरा जिल्लास्थित गाइबाणे वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा भारी बर्षा मापन भएको छ र थप वर्षा हुने सम्भावना रहेकोले, डडेलधुरा र कन्चनपुर जिल्ला भई बहने स–साना खोलाहरुमा बहाब बढ्न सक्ने भएकोले तटीय क्षेत्र तथा डुवान भइरहने होचा भू–भागमा रहनुहुनेहरूले सतर्कता अपनाऔँ ।’

हेर्नुहोस् सूचना

प्रकाशित मिति : २०८२ जेठ २८ गते बुधबार