२०८२ माघ २५ , आइतबार 9, February 2026, Monday

पाँच महिनामा नेपाल भित्रिए पाँच लाख पर्यटक

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ जेठ २७ गते मंगलबार

सन् २०२५ को पाँच महिनामा पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । राष्ट्र बैंकको तथ्याङ्क अनुसार यस वर्षको जनवरीदेखि मेसम्म पाँच लाख एक हजार २६४ पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।

रिपोर्टका अनुसार समग्रमा सन् २०२४ को तुलनामा यस बर्षको पाँच पहिनामा पर्यटक आगमनमा गिरावट आएको छ । २०२४ को पहिलो पाँच महिनामा पाँच लाख छ हजार २८० पर्यटक नेपाल आएका थिए ।

रिपोर्टका अनुसार जनवरीमा ७९ हजार ९९१ पर्यटक आएका थिए भने फेब्रुअरीमा ९६ हजार ८८०, मार्चमा एक लाख २१ हजार ६८७, अप्रिलमा एक लाख १६ हजार ४९० र मे महिनामा ८६ हजार २१६ पर्यटक नेपाल आएका थिए । सन् २०२४ मा कुल ११ लाख ४७ हजार ५६७ पर्यटक नेपाल आएका थिए ।

प्रकाशित मिति : २०८२ जेठ २७ गते मंगलबार