२०८२ जेठ २६ गते सोमवार, ९ जुन २०२५ । ज्येष्ठ शुक्लपक्ष त्रयोदशी तिथि, ९ः२३ बजेपछि चतुर्दशी । विशाखा नक्षत्र, १५ः४९ बजेपछि अनुराधा । चन्द्रराशि तुला, ९ः११ बजेपछि वृश्चिक ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ । कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । अवसरका लागि केही त्याग गर्नुपर्ला । समय लागे पनि मिहिनेत गर्दा काम बनाउन सकिनेछ । विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । पहिलेका कमजोरीमा क्रमशः सुधार आउनेछ ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
हडबडले काम बिग्रनेछ भने धैर्य एवं मेहनतले मनग्य आम्दानी दिलाउनेछ । अतिथिका रूपमा सम्मान प्राप्त होला । मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन पनि कसिने सम्भावना छ । विभिन्न सहयोग र उपहारसमेत पाइनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । वादविवादबाट जोगिने प्रयत्न गर्नुहोला ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ । पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ । चुनौती पन्छाएर काम बनाउन सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ । भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ । प्रतिकूल समयमा पनि केही काम सम्पादन हुनेछन् । बुद्धिको उपयोगले पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
लाभ हुनेछ र सुखद् समाचारले उत्साह जगाउनेछ । तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ । आम्दानीका स्रोत बढ्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ । बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
परिस्थिति प्रतिकूल देखिए पनि जोगिएर काम गर्नुपर्ने समय छ । साथीभाइले साथ दिनेछन् । पशुधन र जमिनबाट लाभ हुनेछ । समय लागे पनि बुद्धि लगाउँदा लक्ष्य पह्यिाउन सकिनेछ । साझेदारीमा फाइदा हुनेछ । दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला । बेसुरमा वचन दिने बानीले पनि अप्ठ्यारो पर्न सक्छ । महत्त्वाकांक्षी योजना सार्वजनिक नगर्नुहोला ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । सहयोगीहरूको भरपर्दा काम बिग्रन सक्छ । तापनि प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ । छोटो समयमा राम्रो उपलब्धि हातपार्न सफल भइनेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । सानो प्रयत्नले ठूलो काम बन्नेछ । पहिलेका कमजोरी सच्याउने समय छ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ । बोली–व्यवहारमा अलि सजग रहनुपर्ला । तापनि बुद्धिले काम लिँदा योजना अघि बढ्नेछ । आजको श्रमबाट पछिलाई फाइदा हुनेछ । बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ । अध्ययनमा प्रगति हुनेछ र ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । नीति–नियमलाई समयमै ध्यान दिनुहोला । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय रहनेछ । विशेष उपहार प्राप्त हुनेछ । नयाँ कामको प्रस्ताव पनि आउन सक्छ । मिहिनेतले प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ । तर अवसर आए पनि परिस्थितिवश काममा पछि परिएला । द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ला ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
खर्च लागे पनि काम बन्नेछ । पछिका लागि केही वस्तु त्याग्नुपर्ला । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको कामसमेत बन्न सक्छ । आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुटाउन सकिनेछ । भेटघाटका लागि समय अनुकूल नदेखिए पनि टाढाका साथीभाइले काममा साथ दिनेछन् । अर्थसञ्चय नहुन सक्छ । समयमा आलस्य गर्ने बानीले पछि परिनेछ । लगानी बढाउने अवसर प्राप्त हुनेछ ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ । तारिफयोग्य काम सम्पादन गर्दै मनग्य धन आर्जन गर्न पनि सकिनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ । विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिलेको सफलताले नयाँ अवसर पनि दिलाउन सक्छ ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
सानातिना काममै अलमलिनाले ठूलो उपलब्धि नहुन सक्छ । लोकाचारका पछि लाग्दा अरूले फाइदा उठाउन सक्छन् । पुराना कामको चर्चा भए पनि नयाँ अवसरका लागि निकै मेहनत गर्नुपर्ला । साथीभाइको सहयोगले सामाजिक कार्य गर्न सकिनेछ । लगनशीलताले आँटेको काम सम्पादन हुनेछ । व्यापारमा सामान्य फाइदा होला । जिम्मेवारी हातपार्न केही समय लाग्ने देखिन्छ ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मेहनत गर्दा भाग्योन्नतिको समय छ । समुदायको हितमा केही राम्रै काम गर्न सकिनेछ । धार्मिक र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । सामाजिक उत्तरदायित्व हातपार्न सकिनेछ । रोकिएको कामले पनि निकास पाउनेछ । आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ । शक्तिको धाक देखाउनेहरू स्वतः निहुरिनेछन् । तारिफयोग्य काम गर्दै पदीय जिम्मेवारी प्राप्त गर्न सकिनेछ ।
सत्यपाटी