सूचनाको शक्ति - The Power Of Information

        

ट्रम्प र मस्क आमनेसामने हुँदा अमेरिकी राजनीतिमा हलचल

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र एलन मस्क आमनेसामने भएका छन् । राष्ट्रपति चुनावमा एकसाथ आएका मस्क र ट्रम्पबीचको टकराव सार्बजनिक रुपमा बाहिर आएपछि अमेरिकी राजनीतिमा ठुलो हलचल आएको छ । बिहीबार राति सामाजिक सञ्जालमा ट्रम्प र मस्कबीच चर्को बहस तथा आरोप प्रत्यारोप देखिएको छ ।

राष्ट्रपति ट्रम्पले विद्युतीय सवारी साधनको अनिवार्य खरिदको कानून हटाउने कुरा गरेपछि मस्कलाई समस्या हुन थालेको बताउदै मस्कसँग आफु धेरै निराश भएको बताए । राष्ट्रपति ट्रम्पले आफुले मस्कलाई धेरै मद्दत गरेको बताए । ट्रम्पले जर्मन चान्सलर फ्रेडरिक मेट्र्जसहित मिडियासँग कुरा गर्दै यस्तो बताएका थिए ।

यसपछि, मस्कले एक्समा लगातार धेरै ट्वीटहरू गरे, उनले ट्रम्पलाई बैगुनी भन्दै आफुले सहयोग नगरेको भए ट्रम्पले चुनाव हार्ने बताए । मस्कले लेखे, ‘म बिना ट्रम्प चुनाव हार्थे । डेमोक्र्याटहरूले प्रतिनिधि सभा कब्जा गर्ने थिए र रिपब्लिकनहरूले ५१–४९ को अन्तरले सिनेट जित्ने थिए । यो वैगुनीपन हो ।’

मस्कले अर्को ट्वीटमा लेखे, ‘सरकारले विद्युतीय सवारी साधन र सौर्य ऊर्जाको लागि छुट घटायो, तर तेल–ग्यास कम्पनीहरूलाई दिइने सहायता उस्तै रहन दियो, जुन धेरै गलत छ ।’ यसपछि ट्रम्पले मस्कको कम्पनी स्पेस एक्सलाई दिइएको अनुदान समाप्त गर्ने धम्की दिए ।

मस्कपछि, ट्रम्पले पनि आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशलबाट मस्क;ए आफुलाई निशाना बनाएको उल्लेख गर्दै उनको कम्पनि स्पेस एक्सलाई दिएको सरकारी सम्झौता र अनुदान समाप्त गर्ने धम्की दिए यसपछि ट्रम्पले मस्कको कम्पनी स्पेस एक्सलाई दिइएको अनुदान समाप्त गर्ने धम्की दिए ।

ट्रम्पले लेखे, ‘एलन मेरो लागि समस्या बन्दै थिए । मैले उनलाई छोड्न भने । मैले उनको विद्युतीय सवारी साधनको कानुन समाप्त गरें, जसले मानिसहरूलाई कसैले नचाहेको विद्युतीय कारहरू किन्न बाध्य पाथ्र्यो । उनलाई महिनौंदेखि थाहा थियो कि म यो गर्नेछु, त्यसपछि उनी पागल भए !’

अर्को पोस्टमा, ट्रम्पले भने, ‘हाम्रो बजेटमा अर्बौं डलर बचत गर्ने सबैभन्दा सजिलो तरिका भनेको मस्कको सरकारी अनुदान र सम्झौताहरू समाप्त गर्नु हो । म सधैं सोच्थे किन बाइडेनले यसो यो गरेनन् भनेर ।’

अनुदान समाप्त गर्ने धम्कीको बारेमा, मस्कले भने, ‘मेरो सरकारी सम्झौता रद्द गर्ने राष्ट्रपतिको भनाइलाई ध्यानमा राख्दै, स्पेसएक्सले तुरुन्तै आफ्नो ड्र्यागन अन्तरिक्ष यान बन्द गर्ने काम गर्नेछ ।’ नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा खाना, वैज्ञानिक उपकरण र अन्य आवश्यक सामग्रीहरू पुर्याउन स्पेस एक्सको ड्र्यागन अन्तरिक्ष यान प्रयोग गर्दछ ।

ड्र्यागन २०१२ मा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनसँग सफलतापूर्वक डक गर्ने पहिलो निजी अन्तरिक्ष यान हो । मस्क यतिमै रोकिएनन्, मस्कले जेफ्री एपस्टाइनको फाइलमा डोनाल्ड ट्रम्पको नाम समावेश भएको सनसनीपूर्ण दाबी गरे । मस्कले लेखे, ‘अब ठूलो खुलासा गर्ने समय आएको छ । डोनाल्ड ट्रम्पको नाम एपस्टाइन फाइलमा छ । त्यसैले तिनीहरूलाई सार्वजनिक गरिएको थिएन । डोनाल्ड ट्रम्प, शुभ दिन ।’

स्रोत : एजेन्सी
प्रकाशित मिति : २४ जेष्ठ २०८२, शनिबार ०९:०७