२०८२ जेठ २२ गते बिहीवार, ५ जुन २०२५ । ज्येष्ठ शुक्लपक्ष दशमी तिथि । उत्तरफाल्गुनी नक्षत्र, ५ः५९ बजेपछि हस्त । चन्द्रराशि कन्या ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ । तर परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ । विश्वासपात्रबाट धोका हुन सक्छ, सजग रहनुहोला । निर्णय लिएर पनि शंका गर्ने बानीले पछि परिनेछ । योजना कार्यान्वयनमा प्रतिस्पर्धीहरूले बाधा पुर्याउलान् । समयमा रकम नजुट्नाले काम रोकिन सक्छ । अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ । सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ । पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । लेखन कलामा पनि निखारता आउनेछ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । व्यापार, पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ । पहिले रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन् । हतारको निर्णयले काम बिग्रन सक्छ । दिगो योजना गोप्य राखेर अघि बढ्नुहोला । परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ । बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ । मिहिनेत गर्दा अप्ठ्यारो काम समेत सम्पादन हुनेछ । सोचेको काम पूरा नभए पनि आंशिक लाभ अवश्य हुनेछ ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
ईष्र्यालु मन भएकाहरूले सताउलान् । प्रतीक्षित नतिजा कमजोर रहला । प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला । सहयोगीहरूले साथ दिन छड्नेछन् । काम बिग्रनाले मेहनतको फल अरूलाई सुम्पनुपर्ने स्थिति आउन सक्छ, सजग रहनुहोला । कृषिक्षेत्रमा बढी परिश्रम र लगानी गर्नुपर्ला । व्यापार–व्यवसायमा थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
दिन रमाइलो र उत्साहपूर्ण रहनेछ । विभिन्न भौतिक साधन जुटाउने समय छ । मनग्य धन लाभ हुनाले सोख पूरा गर्न सकिनेछ । सोचेको उपलब्धि प्राप्त हुनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । मानसम्मान प्राप्त हुनुका साथै सम्मानित कामको यश लिने अवसर छ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
चिताएको काम काम सजिलै सम्पादन हुनेछ । सुन्दर पहिरनमा मन रमाउनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । कीर्तिमानी कामको यश लिने मौका छ । बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ । व्यापारमा पनि राम्रो फाइदा हुनेछ । साथीभाइको आगमनले दिन मनोरञ्जनपूर्ण हुनेछ । रमाइलो जमघट एवं खानपानको आनन्द प्राप्त हुनेछ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ । आफन्तजनबाट टाढिनुपर्ला । व्यापारमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ । तापनि काममा सोचेजस्तै सफलता मिल्नेछ । व्यवसायको लगानीले मनग्य धनलाभ हुनेछ । आलस्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ । प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन् । यात्राको साइत जुर्न सक्छ ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
नियमित काम गर्दै दिगो काम प्रारम्भ गर्न सकिनेछ । रोकिएको काम बन्नेछ भने गरेका कामको राम्रो मूल्यांकन हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । उठ्नुपर्ने रकम हातलागी हुनेछ । कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ । सट्टापट्टा तथा चल–अचल धनको उपयोगबाट मनग्य फाइदा उठाउन सकिनेछ । मिहिनेतले सफलता दिलाउनेछ ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
विगतका कमजोरी बाहिर आउनाले समस्या पर्ला । अवसर प्राप्त भए पनि आफ्नैले काम बिगार्न सक्छन् । स्वार्थका लागि नजिकिनेहरूबाट सजग रहनुहोला । कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ । तर प्रतिफलका लागि समय पर्खनुपर्नेछ । कामको लगानी अरूका लागि खर्च हुन सक्छ । सामान्य आम्दानी भने भइरहनेछ ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मिहिनेत गर्दा तारिफयोग्य काम सम्पादन हुनेछ । नयाँ जिम्मेवारी प्राप्त हुनेछ । व्यापार–व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ । विशेष अवसरले मन प्रफुल्लित हुनेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । भाग्यले विशेष अवसर दिलाउनेछ । अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ । कामको चुनौती समाप्त हुनेछ । नाम र दाम हातलागी हुनेछ ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
कामको चाप बढ्नेछ भने बन्दै गरेको काममा अवरोध आउन सक्छ । श्रमपूर्वक समर्पित हुँदा समेत लाभ उठाउन नसकिएला । आक्षेप लगाउनेहरूले दुःख देलान् । वादविवादले मन खिन्न तुल्याउनेछ । स्वास्थ्यका लागि व्यायाम र खानपानमा ध्यान पुर्याउनुहोला । गोपनीयता बाहिरिनाले व्यवहारमा समस्या पर्ने देखिन्छ । समस्याप्रति गम्भीर नबन्दा दुःख पाइनेछ ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
परिवारजनको साथले नयाँ आशा जगाउनेछ । मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । कामको चापबाट फुर्सद पाइनेछ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । तर सबै काममा अरूको मुख ताक्नाले पछि परिनेछ । अरूको विषयमा चासो राख्दा व्यर्थैमा दुःख पाइनेछ । आलोचकहरूलाई व्यवहारले समेट्ने चेष्टा गर्नुहोला ।
सत्यपाटी संवाददाता । काठमाडौं