सन् २०२५ को पहिलो पाँच महिनामा पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यो संख्या हवाई मार्ग भएर आउने पर्यटकको हो ।
स्थलमार्ग भएर आउने भारतीय तथा तेस्रो देशका पर्यटकको संख्या यसमा समावेश छैन । नेपाल पर्यटन बोर्डले जारी गरेको तथ्यांक अनुसार जनवरीदेखि मे महिनासम्म कूल पाँच लाख एक हजार २६४ विदेशी पर्यटक नेपाल आएका छन् ।
मे महिनामा ८६ हजार २१६ विदेशी पर्यटक नेपाल आएका छन् । यस्तै जनवरीमा ७९ हजार ९९१, फेब्रुअरीमा ९६ हजार ८८०, मार्चमा एक लाख २१ हजार ८०० र अप्रिल महिनामा एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका छन् ।
सत्यपाटी संवाददाता । काठमाडौं