२०८२ पुस ३० , बुधबार 14, January 2026, Wednesday

आजभन्दा भोलि धेरै वर्षाको सम्भावना

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ जेठ २० गते मंगलबार

देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । यद्यपि, विगत केही दिनको तुलनामा आज कम पानी पर्नेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।

कोसी र सुदूरपश्चिम, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानमा र बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोसी र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

विभागले राति कोसी प्रदेशका थोरै स्थानमा तथा मधेस, वाग्मती, गण्डकी प्रदेशलगायत बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । ‘आज अघिल्ला दिनहरूको तुलनामा केही कम वर्षा हुने देखिएको छ,’ मौसमविद् सञ्जिव अधिकारी भन्छन्, ‘आजभन्दा भोलि धेरै वर्षाको सम्भावना छ ।’

प्रकाशित मिति : २०८२ जेठ २० गते मंगलबार