सूचनाको शक्ति - The Power Of Information

        

नेपाल प्रहरीका २८ एसएसपीको सरुवा (सूचीसहित)

नेपाल प्रहरीका २८ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरूवा भएको छ । गृह मन्त्रालयले शुक्रबारको मन्त्रिस्तरीय निर्णयबाट एकैपटक २८ एसएसपीको सरूवा गरेको हो ।

प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभाग वृत्ति विकास महाशाखा नक्सालमा कार्यरत एसएसपी अनुपमशमशेर जबरालाई प्रहरी युक्त तालिम महाविद्यालय जर्गाह पश्चिम नवलपरासी सरूवा गरिएको छ ।

यस्तै, कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरमा कार्यरत एसएसपी अविनारायण काफ्लेलाई प्रहरी प्रधान कार्यालय कार्यविभाग कार्य निर्देशनालयमा सरूवा गरिएको छ ।

मानव बेचबिखन अनुसन्धान व्युरोको प्रमुखमा कृष्णप्रसाद पंगेनी, लागुऔषध नियन्त्रण व्युरोमा कृष्णप्रसाद कोइराला र नयाँ दिल्लीस्थित नेपाली दूतावासको काउन्सिलरमा प्रकाश मल्ल सरुवा भएका छन् ।

यस्तै, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखमा नवराज अधिकारी सरुवा भएका छन् । त्यहाँका प्रमुख विनोद घिमिरे डीआइजी बढुवा भई आइजी सचिवालयमा पदस्थापित भएका थिए ।

प्रकाशित मिति : १७ जेष्ठ २०८२, शनिबार ०८:०९