सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको छ । जसमा चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात् ६० दशमलव १ प्रतिशत, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड अर्थात् २० दशमलव ८ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ तीन खर्ब ७५ अर्ब २४ करोड अर्थात् १९ दशमलव १ प्रतिशत बजेट छुट्याइएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले चालु वर्षको तुलनामा एक खर्ब बढेको बताए ।
चालु आवको विनियोजनको तुलनामा ५.६ प्रतिशतले बढी हो । संशोधित अनुमानको तुलनामा १८.२ प्रतिशतले बढी रहेको छ । कुल विनियोजनमा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ चार खर्ब १७ अर्ब छुट्याइएको छ । आगामी आवका लागि अनुमान गरिएको खर्च बेर्होर्ने स्रोतमध्ये राजस्वबाट १३ खर्ब १५ अर्ब र वैदेशिक अनुदान ५३ अर्ब ४५ करोड बेहोर्दा पाँच खर्ब ९५ अर्ब न्यून हुनेछ । सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट दुई खर्ब ३३ अर्ब जुटाइनेछ । अपुग तीन खर्ब ६२ अर्ब आन्तरीक ऋणबाट बेहोरिनेछ ।
यस्तो छ पूर्णपाठ
सत्यपाटी संवाददाता । काठमाडौं