टेक अर्बपति तथा टेस्लाका सह–संस्थापक इलोन मस्कले ट्रम्प प्रशासनसँगको आफ्नो समय सकिएको बताएका छन् । उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत यो जानकारी दिएका हुन् ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कलाई सरकारी खर्च घटाउने जिम्मेवारी दिएका थिए । ट्रम्प दोस्रोपटक गत जनवरीमा ह्वाइट हाउस फर्किंदा उनले मस्कलाई नयाँ सरकारी विभाग डज (सरकारी दक्षता विभाग) को नेतृत्व सुम्पिएका थिए ।
तर बिहीबार मस्कले एक्समा लेखेका छन्, ‘विशेष सरकारी कर्मचारीको रूपमा मेरो समय सकिएको हुनाले म राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मलाई व्यर्थ खर्च कम गर्ने अवसर दिएकामा धन्यवाद दिन चाहन्छु ।’ उनले अगाडि भनेका छन्, ‘समयसँगै डज मिसन अझ बलियो हुँदै जानेछ र यो सरकारमा बानी बन्नेछ ।’
सत्यपाटी संवाददाता । काठमाडौं