एमाले नेता एवं पूर्वमन्त्री लालबाबु पण्डितलाई पत्नी वियोग परेको छ । लामो समयदेखि मायसाइटिस भन्ने रोग दुर्लभ रोगसँग जुधिरहेकी पण्डित पत्नी विमलाको उपचारकै क्रममा आज निधन भएको हो ।
कुनै समय निकै चर्चा कमाएका नेता पण्डित गएको डेढ वर्षदेखि पत्नीकै स्याहारसुसारमा व्यस्त थिए । लामो समयदेखि सार्वजनिक जीवनबाट टाढा रहेका पण्डित श्रीमती विमलाको उपचार र सेवामा पूर्ण समर्पित भएका थिए ।
विगत करिब दुई वर्षदेखि विमला पण्डित मायसाइटिस भन्ने गम्भीर रोगबाट पीडित छन् । यो रोगले मांसपेसीहरू कमजोर बनाउने, नसामा असर पुर्याउने र शारीरिक रूपमा अत्यन्तै दुर्बल बनाउने गर्दछ ।
सत्यपाटी संवाददाता । काठमाडौं