सूचनाको शक्ति - The Power Of Information

        

१० महिनामा २१ करोडको यार्सागुम्बा निर्यात

चालु आर्थिक वर्षको १० महिनामा २१ करोड रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१–०८२ को साउनदेखि वैशाख मसान्तसम्ममा २१ करोड १८ लाख ४५ हजार रुपैयाँको ४९९ किलो यार्सागुम्बा निर्यात भएको हो ।

उक्त यार्सागुम्बामध्ये सबैभन्दा धेरै ११ करोड २१ लाख १३ हजार रुपैयाँको ५९ किलो यार्सागुम्बा हंकङमा निर्यात भएको छ । यसैगरी दोस्रोमा ३ करोड ८४ लाख ३९ हजार रुपैयाँको १४४ किलो यार्सागुम्बा चीनमा, तेस्रोमा सिंगापुरतर्फ १ करोड ८८ लाख ४१ हजार रुपैयाँको २३ किलो यार्सागुम्बा निर्यात भएको छ ।

यस्तै १ करोड १३ लाख १८ हजार रुपैयाँको ५९ किलो यार्सागुम्बा निर्यात भएको छ । १ करोड १ लाख ९० हजार रुपैयाँको २२ किलो अमेरिका, १ करोड ६ लाख ८० हजार रुपैयाँको ४० किलो भियतनाममा निर्यात भएको छ । यसैगरी ५९ लाख ३१ हजार रुपैयाँको २२ किलो बेलायत ३९ लाख २१ हजार रुपैयाँको १२ किलो मलेसिया, ४ लाख ५ हजार रुपैयाँको १ किलो जापान र ६ हजार रुपैयाँको १० ग्राम यार्सागुम्बा थाइल्याण्ड निर्यात भएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८२, बुधबार १५:२९