सूचनाको शक्ति - The Power Of Information

        

लुम्बिनीमा जनमतकी सांसद गीता गुरुङ पदमुक्त

लुम्बिनी प्रदेश सांसद गीता गुरुङ पदमुक्त भएकी छन् । जनमत पार्टीको तर्फबाट सांसद रहेकी गुरुङ आजदेखि पदमुक्त भएकी हुन् । वैशाख ३० गते उनका श्रीमान् कैलाश गुरुङले सामाजिक सञ्जालमार्फत उनले राजीनामा दिएको जानकारी सार्वजनिक गरेका थिए ।

गीताले प्रदेशसभाको इमेलमार्फत राजीनामा बुझाएकी थिइन् । जनमत पार्टी लुम्बिनी प्रदेश संसदीय दलका नेता सिके गुप्ताले उनी पदमुक्त भएको बताए । लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुनले गीताको अनुपस्थितिको सूचना प्रदेशसभामा दिएर आजदेखि उनलाई पदमुक्त गरिएको जानकारी दिइएको बताए ।

प्रकाशित मिति : १४ जेष्ठ २०८२, बुधबार १५:१७