बर्दियामा चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ । गुलरिया नगरपालिका–५ बालापुर बस्ने ६ वर्षीया बालिका सायरा थारूको चितुवाको आक्रमणबाट मृत्यु भएको हो ।
मृतक बालिका बिहान उठेर घर छेउको शौचालय जाँदै गर्दा चितुवाले आक्रमण गरेको थियो । चितुवाले आक्रमण गरि केही पर लगेपछि घरका अभिभावक र छिमेकीले हल्ला गरेर उहाँलाई छुटाएका थिए । बालिकाको उद्धार गरि तत्काल बर्दिया अस्पताल लगिएको थियो ।
अस्पताल पुर्याउने बित्तिकै जिल्ला अस्पताल बर्दियाका चिकित्सकको टोलीले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सायराको घर बालापुरस्थित जङ्गलको छेउमा रहेको छ । पछिल्लो समयमा बर्दियामा गाउँबस्तीमा छिरेर चितुवाले आक्रमण गर्ने क्रम बढ्दै गएको छ ।
सत्यपाटी संवाददाता । बर्दिया