२०८३ वैशाख २७ , आइतबार 10, May 2026, Sunday

सुनको भाउ घट्यो, चाँदी बढ्यो

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ जेठ १४ गते बुधबार

सुनको भाउ आज एकै दिन तोलामा एक हजार ६०० रुपैयाँले घटेको छ । सुनको भाउ आज तोलामा एक हजार ६०० रुपैयाँले घटेर तोलामा एक लाख ८९ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ९० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको भाउ भने सामान्य बढेको छ । चाँदीको भाउ आज तोलामा १० रुपैयाँले बढेर दुई हजार पाँच रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार ९९५ रुपैयाँ कायम भएको थियो ।

प्रकाशित मिति : २०८२ जेठ १४ गते बुधबार