सूचनाको शक्ति - The Power Of Information

        

धूम्रपान त्यागेमा हुनेछन् यतिधेरै फाइदा

धूम्रपानले मानव शरीरमा विभिन्न समस्या निम्त्याउन सक्छ । यसले फोक्सोको क्यान्सर, हृदयरोग, श्वासप्रश्वासको जोखिम बढाउँछ । त्यसैले धूम्रपान गर्दै नगर्नु वा गरिरहेकाले त्याग्नु बुद्धिमानी हुन्छ । धूम्रपान त्याग्नाले विभिन्न फाइदा हुन्छ ।

धूम्रपान त्यागे मुख गन्हाउने कम हुन्छ । खानाको स्वाद अझ मिठो हुन्छ । खोकी निको हुने स्वास्थ्य मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले जनाएको छ । यस्तै, धूम्रपान त्यागे सामान्य क्रियाकलापमा स्याँस्याँ हुने गरी थकाइ लाग्दैन ।

पहेँला दाँत बिस्तारै सेता हुन्छन् । मुटु, फोक्सो स्वस्थ रहने केन्द्रले जनाएको छ । धूम्रपान त्यागेमा हुने थप फाइदाबारे केन्द्रले भनेको छ, ‘विभिन्न अंगको क्यान्सरको सम्भावना घट्दछ । धूम्रपानको धुवाँले अन्य व्यक्तिमा पर्ने असरहरू रोकिन्छ । पैसाको बचत हुन्छ, जसले अन्य काममा सहयोग पुग्दछ ।’

प्रकाशित मिति : १४ जेष्ठ २०८२, बुधबार ०९:३७